पहिरोमा पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु

काठमाडौँ, ११ साउन । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरोमा परी तीनजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार अविरल वर्षापछि खसेको पहिरोले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी  सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको हो ।  बिहीबार साँझ…