काठमाडौँ, २८ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दघाटका अनुसार कावासोती नगरपालिका–१० रतवल निवासी ९० वर्षीय ज्येष्ठ नागरिक जगरीमाया महतोको गैँडाको आक्रमणबाट मृत्यु भएको हो । कृष्णसार मध्यवर्ती सामुदायिक वनमा भेडा चराउने क्रममा गैँडाले आक्रमण गर्दा गम्भीर घाइते भएका महतोको उपचारको क्रममा…