बस र स्कुटर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौँ, २८ मंसिर । तनहुँमा बस र स्कुटर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार म्याग्दे गाउँपालिका–६, मौरीभीरस्थित सडकमा ग.१ ख ९४०६ नम्बरको बस र गण्डकी एएबी ०१८६ नम्बरको स्कुटर आज दिउँसो एकआपसमा ठोक्किएको हो ।  मृत्यु हुनेमा स्कुटर चालक स्याङ्जाको पुतलीबजार नगरपालिका–७, भारकोट बस्ने ५१ वर्षीय लेशबहादुर थापा छन् ।  दुर्घटनामा गम्भीर घाइते…