अछामका ११ वर्षीय बालक भारतमा मृत फेला

काठमाडौँ, २६ मंसिर । अछामका ११ वर्षीय एक बालक भारतमा मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार परिवारसँगै भारतको पुनेस्थित हडाप्सर क्षेत्रमा बस्दै आएका ढकारी गाउँपालिका–२, फाटाबगरका ११ वर्षीय प्रकाश सार्की मृत भारतमा भेटिएका हुन् । गत बुधबार साँझदेखि बेपत्ता रहेका प्रकाशको परिवार तथा स्थानीय नेपालीले रातभर खोजी गरेका थिए । बिहीबार बिहान थप खोजी गर्ने क्रममा…