काठमाडौँमा फागुन १६ गतेदेखि दादुरा-रुबेला खोप अभियान

काठमाडौँ, १० फागुन । काठमाडौँ महानगरपालिकाले फागुन १६ गतेदेखि दुई चरणमा दादुरा–रुबेला खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार काठमाडौँ प्लाजामा भएको पालिकास्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रममा यससम्बन्धी जानकारी दिइएको हो । फागुन १६ गतेदेखि १९ वटा वडाहरू ( वडा नम्बर १, २, ३, ८, ९, ११, १२, १७, १८, १९, २०, २१,…