पोल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ

काठमाडौँ, १५ माघ । पोल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२९ हाँडीगाउँ घर भएका ४३ वर्षीय ग्रिस बिलास जोशी छन् । सुस्मिता थापालाई पोल्याण्ड पठाउँछु भनेर उनले ६ लाख रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । पोल्याण्ड जान ‘३० लाख लाग्छ’ भन्दै…