समाचार

पोल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ



काठमाडौँ, १५ माघ । पोल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२९ हाँडीगाउँ घर भएका ४३ वर्षीय ग्रिस बिलास जोशी छन् । सुस्मिता थापालाई पोल्याण्ड पठाउँछु भनेर उनले ६ लाख रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । पोल्याण्ड जान ‘३० लाख लाग्छ’ भन्दै आरोपीले त्यहाँ होटलको वेटरमा जागिर लगाइदिन्छु भनेर रकम असुलेका हुन् ।

जमलबाट पक्राउ गरेर उनलाई कानूनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा बुझाएको एसपी रेग्मीले जानकारी दिए ।