काठमाडौँ, १२ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा तथा मधेश र लुम्बिनी प्रदेशको तराईका एक दुई स्थानमा हुस्सु लागेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा…