समाचार

नाबालिगमाथि जबरजस्ती करणी गर्ने दुई जना पक्राउ



बर्दिया, ११ माघ । बर्दियामा नाबालिगमाथि जबरजस्ती करणीको छुट्टाछुट्टै घटनामा प्रहरीले दुई जना पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बिहे गर्छु भन्दै नाबालिगमाथि पटक-पटक जबरजस्ती करणी गरेको आरोपमा बढैयाताल गाउँपालिका-३ का एक जनालाई पक्राउ गरेको हो । ती व्यक्तिले माघ २ गते सोही स्थान बस्ने नाबालिगलाई बिहे गर्छु भनी फकाई भगाएर गाउँकै एक घरमा लगेर माघ ७ गतेसम्म पटक-पटक जबरजस्ती करणी गरेको प्रहरीको भनाई छ ।

त्यस्तै बाँसगढी नगरपालिका-०९ कि एक नाबालिगलाई जबरजस्ती करणी गरी फरार प्रतिवादी सोही स्थान बस्ने अर्का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई माघ ११ गते बढैयाताल गाउँपालिका-२ जमुनीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो  । दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।