बस दुर्घटना, १५ जना घाइते

काठमाडौँ, ५ माघ । दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी दार्चुलाका अनुसार आज बिहान सु.प.प्र.०२ ००१ ख १०३१ नम्बरको दिवा बस दार्चुलाको महाकाली नगरपालिका ५ खेतेबगर भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा बस चालक सहित १५ जना घाइते भएको र घाइतेलाई जिल्ला अस्पताल दार्चुलामा लगिएको…