म्याग्दी, १ पौष । गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा उन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा करिब दश प्रतिशतले उत्पादन घटेको अनुगमन गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जोन कार्यालयले जनाएका छन् । जिल्लाबाट निकासी हुने प्रमुख कृषि उपजका रुपमा सुन्तलालाई लिने गरिन्छ । सुन्तला जोनका कृषि अधिकृत…