महेन्द्रनगर, २६ मंसिर । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् रुपमा सुरु भएको छ । त्रेतायुगमा भगवान् राम एवम् जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष मङ्सिर शुक्ल पञ्चमी तिथिको दिन पौराणिक विधिअनुरुप मनाइँदै आएको छ । सप्ताहव्यापी रामजानकी विवाह महामहोत्सवको पहिलो दिन आज नगरदर्शन भइरहेको छ ।…