पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

काठमाडौँ, १९ असोज । पाँचथरको तुम्वेबा गाउँपालिकामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा तुम्वेबा–४ ओलने बस्ने ७९ वर्षीया कान्छीमाया शेर्पा छिन् । शनिबारको पहिरोमा परेर उनको मृत्यु भएको हो । कोशी प्रदेशमा प्राकृतिक विपद्को कारण मृत्यु भएकाहरू मध्ये २६ जनाको सनाखत भएको छ ।