काठमाडौँ, २३ मंसिर । नागढुंगामा स्थानीय र प्रहरीबीच झडप भएको छ । शुक्रबार ट्रकको ठक्करबाट स्कुटरमा सवार स्थानीय महिलाको उपचारको क्रममा मृत्यु भएपछि शनिबार बिहानदेखि स्थानीयले सडक अवरूद्ध गरेका थिए । अवरूद्ध सडक खुलाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए । झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फका…