हेटौँडा, ८ मंसिर । मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बिहान मनहरी गाउँपालिका वडा नम्बर ६ खयर घारी नजिकै बाघको आक्रमणबाट चितवनका हरि पौडेलको मृत्यु भएको हो । चितवनको राप्ति नगरपालिका वडा नम्बर–१ दुबि चौरका ४३ वर्षीय पौडेललाई मनहरी–६ खयर घारी गाउँदेखि अन्दाजी २ किलोमिटर दक्षिणतर्फ…