काठमाडौँ, ४ कार्तिक । कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै नेपालले हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ । लगातार तेस्रो जितसँगै नेपालले यूएईसँग खेल्नु अघि नै त्रिकोणात्मक श्रृंखलाको फाइनलमा स्थान बनाएको छ । शनिबार मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र…