आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा गरि मनाइँदै

काठमाडौँ, ३ कार्तिक । आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ । देवीका मन्दिरहरुमा आज पनि बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो छ । काठमाडौं उपत्यकाका भद्रकाली, नक्शाल, मैतीदेवी, दक्षिणकाली, गुह्यश्वरी लगायतका शक्तिपीठहरुमा लामबद्ध भएर पूजा गरिरहेका छन् । मन्दिर नजानेहरू  आफ्नै दशैं घर वा पूजा कोठामा देवीको पूजा आराधना गर्दछन् । धर्मशास्त्रका जानकार डा.…