जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, २४ घाइते

काठमाडौँ, १३ असोज । अर्घाखाँचीको सन्धिखर्क–९, टारीमा जीप (फोर्स गाडी) दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार सन्धिखर्क–ढोरपाटन सडक खण्डमा बुटवलबाट गुल्मीको पुर्कोटदहतर्फ जाँदै गरेको लु १ ज ४७२३ नं. को सो जीप आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको…