काठमाडौँ, १३ असोज । बडादसैँको अवसरमा आज सप्तमी अर्थात् फूलपाती पर्व मनाइँदै छ। यस दिन शक्तिस्वरूपा भगवतीको सातौँ रूप माता कालरात्रिको पूजा आराधना गर्ने परम्परा रहेको छ। कालो वर्ण, गधा वाहन, तीन आँखा र चार हात भएकी कालरात्रि देवीले क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा धारण गरेकी छिन्। उनको स्वरूप डरलाग्दो भए पनि भक्तजनलाई शुभ फल…