बजार अनुगमनमा ९८ प्रतिशत व्यावसायिक फर्ममा भेटियो कैफियत

काठमाडौँ, १५ असोज । वाणिज्य,  आपूर्ति  तथा  उपभोक्ता  संरक्षण  विभागले आर्थिक वर्ष २०८०/८१ साउनयता बजार अनुगमन गरेकामध्ये ९८ प्रतिशत व्यावसायिक फर्ममा कुनै न कुनै कैफियत भेटिएको छ । विभागले २०८० साउनदेखि २०८१ असोज १२ गतेसम्म उपत्यकामा अनुगमन गरेका एक हजार १४६ व्यावसायिक फर्मको अनुुगमन गरेकामा २६ वटा बाहेक सबैमा कुनै न कुनै कैफियत भेटिएको हो…