मिनी ट्रकको ठक्करबाट एक जना मृत्यु

काठमाडौँ, १० माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार डुम्रेतर्फबाट आबुँखैरेनीतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०२६८ नम्बरको मिनी ट्रकको ठक्करबाट गएराति घाइते भएका गोरखा नगरपालिका–१४ बस्ने ६० वर्षीय दलबहादुर थापाको चितवनस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्करबाट गम्भीर…