काठमाडौँ, ३ साउन । काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्ने बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि उपत्यकामा बुधबारदेखि फोहोर उठाउन छाडिएको छ । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेंसी नगरपालिकाका वासिन्दाले गत आइतबारदेखि फोहोर बोकेर गएका गाडीलाई बाटोमै रोक्न थालेपछि उपत्यकामा फोहोर उठाउन छाडिएको हो । फोहोर उठाएपछि विसर्जन गर्न नपाइने भएपछि उपत्यकामा फोहोर संकलन गर्दै…