पहिरोमा परी तीन बालबालिकाको मृत्यु

अर्घाखाँची, १९ असार । अर्घाखाँचीको पणेनामा आज बिहान साढे ६ बजे खसेको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ । पहिरोमा पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिए । पाणिनि–१, पणेनाको गोहनपानीमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको उनको भनाइ छ…