लाल बकैया नदीमा पौडी खेल्दा किशोर बेपत्ता

काठमाडौँ, २७ भदौ । रौतहटको ईशनाथ नगरपालिका–१ वनजरहा स्थित लाल बकैया नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार दिउँसो पाँच जना किशोरहरू नदीमा नुहाउन गएका बेला अचानक आएको भेलले १५ वर्षीय बिगन साहलाई बगाएको हो । अन्य चार जना भने सकुशल नदीबाट बाहिर निस्कन सफल भएका थिए ।…