भक्तपुर, ३० जेठ । राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि गणतान्त्रिक खेलकुद महासंघले जितेको छ। ओखलढुंगाको लिखु टिमलाई ३–१ को सेटमा पराजित गर्दै गणतान्त्रिकले उपाधि उचालेको हो । भक्तपुरको हर्षचौकमा आयोजित खेलको पहिलो सेट २१–२५ ले गुमाएको गणतान्त्रिकले त्यसपछि लगातार तीन सेटमा २५–२०, २५–१९ र २५–२२ ले जित निकालेको थियो । प्रतियोगितामा आयोजक ओम श्रृजनसिल…