पाथीभरा जाने क्रममा झापाका एक व्यक्ति बेपत्ता

ताप्लेजुङ, २३ बैशाख । पाथीभरा दर्शनका लागि जाने क्रममा झापाको अर्जुनधारा नगरपालिका–५ का लोकप्रसाद पराजुली बेपत्ता भएका छन् । पाथीभरा क्षेत्रमा पर्ने माथिल्लो फेदीमा बास बसेर शुक्रबार बिहान भरियामार्फत मन्दिरतर्फ जाने क्रममा पराजुली बीच बाटोबाटै बेपत्ता भएका हुन् । भरियालाई पिसाब गर्न जाने भनेर निस्किएका अन्दाजी ६० वर्षीय पराजुली नफर्किएपछि उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी…