काठमाडौँ, २७ भदौ । नेकपा (एमाले)का सांसद महेश बर्तौलाले संवैधानिक मार्ग बाहिरबाट कुनै कदम चालिए त्यो मान्य नहुने बाताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेता बर्तौलाले संवैधानिक प्रक्रियाअनुसार जोसुकै व्यक्ति वा दल प्रधानमन्त्री बने पनि आफूहरूलाई स्वीकार्य हुने तर जनताको मतबाट निर्वाचित संसद्लाई अस्वीकार गर्ने कुनै पनि प्रयास मान्य नहुने स्पष्ट पारेका हुन्। 'सार्वभौम नेपाली…