कम्युनिस्ट मिलेका खण्डमा देशलाई बलियो बनाउन सकिन्छ : अध्यक्ष नेपाल

काठमाडौं, १४ भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा रहेका दलहरु मिलेर समाजवादी मोर्चा बनाउँदा नेपाली कांग्रेसलाई चिसो नपसेको दाबी गरेका छन् । बिहीबार सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा उनले मोर्चाका कारण कांग्रेसलाई चिसो नपसेको बताए । उनले कम्युनिस्ट पार्टी मिलेपछि देश बलियो हुने बताए । “मोर्चा बनेपछि कांग्रेसमा चिसो पस्यो…