चिकित्सा शिक्षा आयोगले एमबीबीएस नतिजाको त्रुटि सच्यायो

काठमाडौँ, १८ भदौ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस प्रवेश परीक्षाको नतिजामा भएको त्रुटि सच्याउँदै संशोधित नतिजा सार्वजनिक गरेको छ । समान अंक प्राप्त गर्ने विद्यार्थीको योग्यताक्रम ‘टाइब्रेक’ का आधारमा कायम गर्नुपर्नेमा रोल नम्बरका आधारमा हुनु गएकाले सच्याएर सुधार गरिएको आयोगले जनाएको छ । शुक्रबार सार्वजनिक एमबीबीएसको नतिजामा प्राविधिक त्रुटि भएको आयोगले स्विकारेको छ । ‘समान अंक ल्याउने उम्मेदवारहरूको योग्यताक्रम…