काठमाडौंका सुकुम्बासी बस्ती हटाउने तयारी

काठमाडौँ, २ साउन । सरकारले काठमाडौंका सुकुम्बासी बस्ती हटाउने अन्तिम तयारी गरेको छ। त्यसका लागि गृह मन्त्रालयले पहल थालेको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरोकारवाला पक्षसँग छलफल गरेका छन्।  सोमबार उनले सुकुम्बासी समस्या समाधानका लागि सरोकारवाला मन्त्रालय, स्थानीय निकायका पदाधिकारीसँग छलफल गरेका हुन्। बैठकले लामो समयदेखि कायम उक्त समस्यालाई समाधान गर्न एकताबद्ध भएर काम गर्ने…