काठमाडौँ, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको आज शुभारम्भ गर्नुभएको छ । विश्वविद्यालयको २९ औं दीक्षान्तअघि सो `हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो । कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा…