काठमाडौँ, २४ असार । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । गत बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) कारण संघीय संसद्का दुवै सदनको बैठक स्थगित भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएको सोमबार एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए ।…