काठमाडौँ, २६ जेठ । सरकारले लिने नीति र त्यसको आधारमा तय गरिने वार्षिक बजेट निर्माणको चटारो चलिरहेका बेला कोशी प्रदेशमा भने राजनीतिक संकटको बादल मडारिइरहेको छ । सरकारको सुनिश्चतता हुँदो हो त बुधबार प्रदेश सरकारको नीति तथा कार्यक्रम आउने थियो । त्यसको आधारमा असार १ मा ल्याउने बजेटको तयारीका लागि मुख्यमन्त्री र मन्त्रीहरूको धपेडी चलिरहेको…