योगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ, ६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले तनावमुक्त हुन योग आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) का अवसरमा बुधबार शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले योगले तनावमुक्त हुने र रोग प्रतिरोधात्मक क्षमता बढाउने बताए । उनले सकारात्मक सोच विकास हुने, अनुशासन र आन्तरिक ऊर्जा प्राप्त गर्नसमेत योगले मद्दत पु-याउने शुभकामना सन्देशमा उल्लेख…