दुधकोशी जलविद्युत परियोजनामा लगानी प्रक्रिया अगाडि बढाउन आग्रह

काठमाडौँ, २५ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले जलाशययुक्त दुधकोशी जलविद्युत परियोजनामा लगानी प्रक्रिया अगाडी बढाउन एशियाली विकास बैंकलाई आग्रह गर्नुभएको छ । बिहीबार अर्थ मन्त्रालयमा माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन विभिन्न दातृ निकायका प्रतिनिधिरुसँग छलफलमा अर्थमन्त्री महतले जलाशययुक्त दुधकोशी जलविद्युत परियोजनामा पनि लगानी प्रक्रिया अगाडि बढाउन एशियाली विकास बैंकलाई आग्रह गर्नुभएको हो ।…