प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, २१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो । आजै प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गरेका थिए । राष्ट्रपतिसँगको भेटपछि प्रचण्डले ओलीसँग भेटवार्ता गरेका हुन् ।