करको दर हेरफेरबारे संसदीय छानबिन समिति बनाउन एमालेको माग

काठमाडौँ, २३ जेठ । नेकपा (एमाले)ले करको दर हेरफेरबारे संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको छ। एमाले प्रमुख सचेतक पदम गिरीले बजेट निर्माणमा पूर्वनायब सुब्बा घुसाएकोबारे संसदीय समिति बनाएर छानबिन नगरिए संसद् चल्न नदिने बताए। बजेटमा करको दर हेरफेरमा पूर्वनासु रामकृष्ण श्रेष्ठ प्रवेश गराएको भन्दै सोमबारको संसद बैठकमा राप्रपाका सचेतक ज्ञानबहादुर शाहीले प्रश्न उठाएका…