अर्थतन्त्रको जग उठाउन उत्पादनमा जोड दिनुपर्छ : मन्त्री किराती

काठमाडौँ, ३ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अर्थतन्त्रको जग उठाउन लघु, घरेलु तथा साना उद्योगका उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनुपर्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रतिनिधिमण्डलसँग मंगलबार भएको छलफलमा उनले पर्यटन पनि उद्योग नै भएको भन्दै पर्यटन र साना उद्योगलाई जोडेर प्रचारप्रसार गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।…