राजनीति

नेपाल उद्योग परिसंघको अभियान: ‘मेक इन नेपाल’



काठमाडौँ, ३ जेठ । नेपाल उद्योग परिसंघले सुरु गरेको ‘मेक इन नेपाल’ अभियानलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाएर मुलुकको अर्थतन्त्रलाई समृद्ध बनाउनुपर्नेमा सरोवारवालाहरुले जोड दिएका छन् ।

स्वदेशी वस्तुको उत्पादन र उपभोग बढाउनुका साथै नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाएर विश्व बजारमा पुर्‍याउने उद्देश्यसहित परिसंघले अघि बढाएको यो अभियानलाई मुलुककै साझा कार्यक्रमका रुपमा लैजानुपर्नेमा सुझाव उनीहरुको छ । परिसंघले अघि सारेको ‘मेन इन नेपाल’ को अवधारणअनुसार यसका निश्चित लक्ष्यहरु निर्धारण गरिएका छन् ।

जसमा वार्षिक एक हजार नयाँ उद्योग दर्ता, कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उत्पादनमूलक क्षेत्रको हिस्सा सन् २०३० सम्ममा २५ प्रतिशत पुर्‍याउने, औद्योगिक क्षेत्रबाट वार्षिक डेढ लाख रोजगारी सिर्जना गर्ने र ५ वर्षभित्र वार्षिक निर्यात ४.६ अर्ब अमेरिकी डलर पुर्‍याउनेलगायत छन् । यो समाचार आजको कारोबार दैनिकमा छ ।