काठमाडौँ, २५ चैत । महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले मन्त्रालयद्वारा प्रकाशित सूचना सच्याउन माग गरेको छ । एकल महिलाको स्वतन्त्र पहिचान स्वीकार गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । एकल महिलालाई आफ्नो सन्तानको पहिचान आफ्नो नामबाट स्थापित गर्नबाट वञ्चित गरिनु सबै नागरिक समान हुन् भन्ने लोकतन्त्रको मान्यता विपरीत रहेको सञ्जालले ठहर गरेको हो…