नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्छ : अध्यक्ष यादव

जनकपुरधाम, २९ बैशाख । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् । आज जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “यस्तो घटनाको निष्पक्ष छानबिन गरेर अन्तर्राष्ट्रियजगत्मा नेपालको छवि स्वच्छ बनाउनुपर्छ,” “भुटानी शरणार्थी प्रकरणले विश्वस्तरमा नेपालको छवि धुमिल भएको छ । अमेरिकाको नजरमा पनि नराम्रो भएको छ ।…