काठमाडौ २३ चैत्र । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवारहरूको आज अन्तिम नामावली प्रकाशन गरिँदै छ। निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि आजै चुनाव चिह्न दिइने आयोगले जनाएको छ…