बारा २ मा उपेन्द्र यादवलाई सघाउने कांग्रेसको निर्णय

काठमाडौँ, १९ चैत । सत्तासाझेदर दल नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टी (जसपा)का उमेदवारलाई सघाउने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट यस्तो निर्णय गरेको हो । कांग्रेसले आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ–१ र चितवन–२ मा भने यसअघि नै उमेदवारको टुंगो लगाइसकेको छ…