काठमाडौँ, १ भदौ । भारतीय विदेश सचिव विक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आजै मात्रै काठमाडौँ आएका विदेश सचिव मिश्रीले राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए । सचिव मिश्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आएका हुन् । सोमबार पशुपतिनाथको दर्शन गरेर भारत फर्किने कार्यक्रम तय…