काठमाण्डौ,२७ चैत्र । नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनको उदघाटन भएको छ । नेकपाएमालेका अध्यक्ष केपी शर्मा ओलीले संघको महाधिवेशन उदघाटन गर्नुभएको हो । यससंगै एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।