काठमाडौँ, २४ फागुन । नेपाल बार एसोसिएसनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएकोमा असन्तुष्टि प्रकट गरेको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी असन्तुष्टि जनाएको हो । संक्रमणकालीन न्यायसम्बन्धी विवाद निरूपणका लागि संविधानअनुसार गठन भएका आयोग र न्यायिक निकायले आ–आफ्नो दायित्व निर्वाह गरी…