काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रचण्डले २०७३ माघ १ गते टुँडिखेलमा आफुले द्वन्द्वकालीन समयमा भएका पाँच हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति बमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा ज्ञानेन्द्रराज आरण समेतले रिट दायर गरेका हुन् ।…