आचारसंहिता उल्लंघनप्रति सजगता अपनाउँदै आयोग

काठमाडौँ, १९ फागुन । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि लक्षित गरी लागू गरिएको आचारसंहितामा सामाजिक सञ्जाल र इन्टरनेटको माध्यमबाट हुन सक्ने आचारसंहिता उल्लंघनप्रति सजगता अपनाएको छ । निर्वाचन आचारसंहिता उल्लंघनका घटनालाई नियन्त्रण गर्न त्यसप्रति सजगता अपनाइएको आयोगले जनाएको छ । आयोगले फागुन १७ देखि चैत ५ गतेसम्म लागू हुने आचारसंहिता जारी गरेको हो…