काठमाडौँ, १९ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीपीडितको समस्यालाई समाधान गर्न भइरहेको कामबारे ब्रिफ्रिङ गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याजीपीडितको समस्या जुनसुकै हालतमा अन्त्य गरी न्याय दिलाउने बताउदै उनले भने, “मिटरब्याजी समस्यालाई, शोषणको अत्यन्त भद्दा रुपलाई जसरी पनि अन्त्य गर्ने र पीडितलाई हरहालतमा त्यसबाट मुक्त गर्ने, न्याय दिने हाम्रो प्रतिबद्धता छ,”…