काठमाडौँ, १४ फागुन । राज्यको अभिभावक संस्था राष्ट्रपति पदको निर्वाचनकै विषयलाई मुख्य मुद्दा बनाएर दलहरूले नयाँ समीकरण गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकोटको बार्दलीबाट हात हल्लाउँदै सुरू गरेको गठबन्धन यात्रा दुई महिनामै टुंगिएर नयाँ समीकरण बनेको छ । सात दलीय गठबन्धनमा…