काठमाडौँ, ११ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सर्वोपरि हितलाई ध्यान दिएर परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिनुभएको छ । नेपाल विश्व सम्बन्ध परिषद्को ७५ औँ वार्षिकोत्सव समारोहलाई आज बिहीवार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बदलिँदो परिवेशअनुरूप नेपालको कुटनीतिक सम्बन्ध सन्तुलित तवरबाट सञ्चालन हुनुपर्ने बताउनुभयो । ‘बदलिँदो परिवेशमा नेपालको परराष्ट्र नीतिको…