काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आविष्कार केन्द्रका प्रमुख महावीर पुनबीच छलफल भएको छ । आज बालुवाटारस्थित निवासमा आविष्कार केन्द्रका प्रमुख पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका छन् । ‘वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन,’ उनले भने, ’नेपाल स्वतन्त्र भएर आत्मसम्मानको साथ बाँच्ने अवस्थातिर जाँदैन।’…